अमेरिकामा एक नेपालीको गोली हानी हत्या – Nepal Press

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली मूलका व्यक्तिको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यको एक सपिङ सेन्टरमा रहेका ५४ वर्षीय लालकिशोर महासेठलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको मधेशी एशोसियसन अफ अमेरिकाले जनाएको छ ।

परिवारसहित फल रिभरमा बस्दै आएका धनुषाका महासेठमाथि पसलमा केही खानेकुरा किन्न लागेका बेला काउन्टर पछाडिबाट छातीमा गोली हानेका थिए । महासेठ सोही स्टोरका क्लर्क रहेको हेराल्ड ट्रिब्युनले जनाएको छ ।

उनलाई अस्पताल लैजाँदा मृत्यु भइसकेको थियो । प्रहरीले गोली हान्ने व्यक्तिको स्केच सार्वजनिक गरेको छ । अपराधीले गाडा रंगको कपडा लगाएको र मास्कले अनुहार ढाकेको देखिएको छ ।  अपराधीको हातमा ट्याटु खोपेको स्केज पनि सार्वजनिक भएको छ ।

अमेरिकामा गोली काण्डमा परि यसअघि पनि केही नेपालीको मृत्यु भइसकेको छ ।

महासेठका पत्नी सुनितासहित दुई छोरा र एक छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *