कन्चनपुरमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु – Nepal Press

कन्चनपुरमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

कैलाली । कन्चनपुरमा जंगली हात्तीले कुल्चेर २ जनाको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका-१२ कलागौडी मा ५५ वर्षका ध्वज बहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको हात्तीले कुल्चिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाउँमा हात्ती पसेको होहल्ला भएपछि भाग्ने क्रममा कार्की दम्पतीलाई उनीहरुको घरको आगनमै हात्तीले कुल्चेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्दराज न्यौपानेले जानकारी दिए ।

यी क्षेत्रमा प्रत्येक वर्ष हात्तीले आतंक मच्चाउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर