मंगलबार थप एक हजार जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु – Nepal Press

मंगलबार थप एक हजार जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ नमुनामध्ये ८ हजार १४० पीसीआर परीक्षण गर्दा ९५७ जना र १ हजार ७७६ एन्टिजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १ लाख ६३ हजार २६ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १००४ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ११ हजार ८१५ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *