बाढीपीडितलाई तत्काल राहत दिन अखिलको आग्रह – Nepal Press

बाढीपीडितलाई तत्काल राहत दिन अखिलको आग्रह

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोका कारण विस्थापित भएकालाई तत्काल राहत दिन र उद्दारको पर्खाइमा रहेकाको उद्दार गर्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै पीडितलाई उद्दारसँगै राहत दिन माग गरेकी हुन् ।

‘बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता भएकाहरुको खोजी र घाइते तथा विस्थापितहरुलाई उपचार एवम् राहतको काम तत्कालै अगाडि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गदर्छौ’, विज्ञिप्तिमा भनिएको छ, ‘अनेरास्ववियू, हाम्रा सबै तह र जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्ताहरुलाई सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै परिचालित हुन निर्देशन गर्दछ ।’

अखिल अध्यक्ष बरालले बाढी तथा पहिरोमा परी मृत्यु भएकालाई श्रद्धान्जली दिँदै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर