प्रतिनिधिसभाको बैठक २ दिन सर्‍यो – Nepal Press

प्रतिनिधिसभाको बैठक २ दिन सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ दिन पर सरेको छ । कात्तिक ९ गतेका लागि तय भएको बैठक अब कात्तिक ११ गते बस्नेछ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते बिहीबार दिउँसो २ बजेमात्रै बस्ने जानकारी दिएका छन् ।

यसअघि प्रतिनिभिसभाको बैठक असोज २५ गते बसेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनका सबै बैठकमा नाराबाजी गर्दै आएको छ ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । सत्तारुढ दलहरुले भने संसद सुचारु भएपछि उपसभामुखको निर्वाचन गर्ने तयारी थालेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर