उपराष्ट्रपतिले लिए वैद्यको स्वास्थ्यबारे जानकारी – Nepal Press

उपराष्ट्रपतिले लिए वैद्यको स्वास्थ्यबारे जानकारी

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य लाभको कामना गरेका छन् । आज थापाथलीस्थित नर्भिक अस्पताल पुगेर पुनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् ।

वैद्य उपराष्ट्रपति पुनका पुराना राजनीतिक गुरु समेत हुन् । दमको समस्या बढेपछि वैद्य आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बालकृष्ण खाणले अस्पतालमै पुगेर वैद्यलाई भेटेर स्वास्थ्य लाभको कामना गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर