कर्णाली बाँध फुट्यो, जानकी गाउँपालिका उच्च जोखिममा (भिडिओ) – Nepal Press

कर्णाली बाँध फुट्यो, जानकी गाउँपालिका उच्च जोखिममा (भिडिओ)

कैलाली । कर्णालीको बाँध फुटेर रानी जमरा नहरमा पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिका जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकामा ‘हाइ अलर्ट’ गरिएका छ ।

‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिंचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘उहाँहरूलाई हाइ अलर्ट रहन भनिएको छ ।’

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले जानकारी दिए।

अहिले पानीको सतह १२.५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर