दशैंमा ९ अर्ब बढीको विद्युतीय कारोबार – Nepal Press

दशैंमा ९ अर्ब बढीको विद्युतीय कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी प्रयोगको वृद्धि भएसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्टआइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य वृद्धि भएको छ ।

घटस्थापनादेखि एकादशीसम्म ९ अर्ब २ करोड बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७५ ले वृद्धि भएको हो ।

कनेक्टआइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाइल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् ।

साथै, चाडपर्वको समयमा मोबाइलबाट गरिने रकम ट्रान्सफर थप सहज गर्न कनेक्टआइपीएसको मोबाइल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाइल बैंकिङबाट गरिने रकम ट्रान्सर्फरमा लाग्ने कारोबार शुल्क असोज २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर