नेइमारले लाइपजिगविरुद्धको खेल गुमाउने – Nepal Press

नेइमारले लाइपजिगविरुद्धको खेल गुमाउने

काठमाडौं । अन्तर्राष्ट्रिय खेलका दौरान ब्राजिलबाट खेल्ने क्रममा घाइते भएका पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड नेइमारले आरबी लाइपजिगविरुद्धको खेल गुमाउने भएका छन् ।

गत शुक्रबार फ्रेन्च लिगवान् अन्तर्गत भएको एन्जर्सविरुद्धको खेलमा पनि पीएसजीका लागि नेइमार अनुपस्थित थिए । उक्त खेलमा पीएसजी २–१ गोलको नतिजामा विजयी भएको थियो ।

यद्यपि, मंगलबार राति हुने च्याम्पियन्सलिग अन्तर्गतको खेलमा उनी मैदान फर्किने आशा गरिएको थियो । तर, क्लबले लाइपजिगविरुद्धको खेलमा उनी अनुपस्थित हुने बताएको छ ।

पीएसजीले घरेलु मैदानमा (मंगलबार) आज राति १२ ः ४५ बजे जर्मन क्लब लाइपजिगसँग खेल्दै छ । सुरुआती दुई खेलबाट ४ अंक जोडेको पीएसजी समूह ‘ए’को शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *