अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त – Nepal Press

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री शेर बहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण सोमबार राति निधन भएको थियो ।

पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको थियो । रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीसमेत रहेका थिए ।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन् ।

उनको निधनप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सन् २००२ मा नेपालमा उनीसँगको भेटसमेत सम्झिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर