राखेप सदस्य सचिव बर्खास्त, अरु दुईलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा – Nepal Press

राखेप सदस्य सचिव बर्खास्त, अरु दुईलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । सरकारले पूर्ववर्ती केपी ओली सरकारका पालामा नियुक्त भएका पदाधिकारीहरुलाई बर्खास्त गर्ने क्रम तीब्र पारेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

त्यस्तै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.कल्याण रोक्कालाई पनि बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

उनीहरु तीनैजना हटाउने कानूनी प्रक्रिया पुर्याउन दशैंअघि नै स्पष्टीकरण सोधिएको थियो । राखेप सदस्य सचिव सिलवालसँगै स्पष्टीकरण सोधिएका ढुंगेल र रोक्कालाई पनि बर्खास्तीको पत्र दिने तयारी भइरहेको एक मन्त्रीले बताए ।


प्रतिक्रिया

2 thoughts on “राखेप सदस्य सचिव बर्खास्त, अरु दुईलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा

  1. एमाले भन्ने जन्तुलाई त सरकारले फेरि फर्कनै नसक्ने गरि काम गराेेस ।शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर