ब्याज वृद्धिको असर सेयर बजारमा, नेप्से साढे ६९ अंकले घट्यो – Nepal Press

ब्याज वृद्धिको असर सेयर बजारमा, नेप्से साढे ६९ अंकले घट्यो

काठमाडौं । बैंक वित्तीय संस्थाले निक्षेपमा बढाएको ब्याजदरको असर सेयर बजार परिसुचक नेप्सेमा परेको छ । निक्षेपको ब्याजदर बढ्दैमा कर्जाको ब्याजदरमा कुनै असर नपर्ने भएपनि लगानीकर्तामा निरासा देखिएको छ ।

बैंक वित्तीय संस्थाले आधार दर नढाई ब्याजदर बढाउन नपाउने बताइएपनि लगानीकर्तामा मनोबैज्ञानिक त्रास देखिएको छ । आधारदर बढ्नका लागि निक्षेपको ब्याजदर लगातार तिन महिनासम्म बढ्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीति मार्फत ब्याजदर बढ्न नदिने नीति लिने बताइरहेको बेला सेयर बजारमा लगानीकर्ताले पेनिक सेल्स गरेका छन् ।

आज सेयर बजार परिसुचक नेप्से ६९.५१ अंकले घट्दै २५८७.४५ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर खरिद बिक्रीबाट २ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको छ । हिजो तुलनामा कारोबार रकम भने बृद्धि भएको छ । जसलाई सकारात्मकरुपमा लिनुपर्ने लगानीकर्ताहरु बताउँछन् ।

समूहगत परिसुचाङ्कतर्फ ट्रेडिङ समूह बाहेक अधिकांश कम्पनीको सेयर कारोबारमा गिरावट आएको छ । नीर्जीवन बीमा समूहको सुचाङ्क करिब ४२७ अंकले घटेको छ ।

यसैगरी जीवन बीमा समूहको सुचाङ्क ३५८ अंक, माइक्रोफाइनान्स समूहको १८५ अंक, उत्पादन मुलुक समूहको १७६ अंक, विकास बैंक समूहको १६७ अंक , जलविद्युत समूहको १०२ अंक र बैंकिङ समूहको ३८ अंकले सेयर कारोबारमा गिरावट आएको छ ।

सम्पुर्ण बैंक वित्तीय संस्था , जलविद्युत कम्पनी, माइक्रोफाइनान्स, उत्पादनमुलुक कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश वितरण गरेपनि लगानीकर्ताहरु अझैपनि बजारप्रति सकारात्मक बन्न सकेको देखिदैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर