नेकपा एसले तोक्यो प्रदेश कमिटीका पदाधिकारी, कर्णालीमा अध्यक्ष खाली (सूचीसहित) – Nepal Press

नेकपा एसले तोक्यो प्रदेश कमिटीका पदाधिकारी, कर्णालीमा अध्यक्ष खाली (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सात वटै प्रदेश कमिटी र प्रवाशका समेत पदाधिकारीहरु मनोनयन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश कमिटीका इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष,उपाध्यक्ष,सचिव र उपसचिवहरुको नाम पठाइएको छ ।

नेकपा एकीकृत समाजवादीले प्रदेश १ को अध्यक्षमा उदयपुरका पूर्व सांसद सुरेश कार्कीलाई मनोनित गरेको छ । त्यस्तै उपाध्यक्षमा खोटाङका प्रदेशसभा सदस्य राजन राई र सचिवमा मोरङका महेश रेग्मी छन् ।

प्रदेश १ को इन्चार्जमा भने पूराना नेता घनेन्द्र बस्नेत तोकिएका छन् । उनी नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष पनि हुन् ।
प्रदेश २ को अध्यक्षमा सिरहाका पूर्व सांसद रामचन्द्र यादव चयन भएका छन् भने सचिवमा लक्ष्मण पौडेललाई जिम्मा दिइएको छ । इन्चार्जमा सिरहामै धर्मनाथ प्रसाद साह छन् । साह नेकपा एसको उपाध्यक्ष पनि हुन् ।

वागमती प्रदेश कमिटीको अध्यक्ष सावित्रा भुसाल र सचिवमा काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल चयन भएका छन् । इन्चार्जमा केदार न्यौपाने छ ।गण्डकी प्रदेश कमिटी अध्यक्षमा नेकपा एसले तुलवहादुर गुरुङ,उपाध्यक्ष रामजी प्रसाद शर्मा र सचिवमा प्रतापलाल श्रेष्ठलाई जिम्मा दिएको छ । गण्कडी इन्चार्जमा चुडामणी जंगली छन् ।

त्यस्तै लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा मेटमणी चौधरी छन् भने सचिवमा रुपन्देहीका राजु गुरुङले जिम्मा पाएका छन् । प्रदेश इन्चार्जमा भागवत विश्वासी छन् ।कर्णाली प्रदेश कमिटीको अध्यक्ष तोक्न बाँकी रहेको छ भने सचिवमा राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी र इन्चार्जमा उपमहासचिव प्रकाश ज्वाला छन् ।

सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विक्रम शाही,उपाध्यक्ष हर्कवहादुर सिंह,शेरवहादुर कुँवर र सचिवमा दिनेशन्द्र सुवेदी छन् भने इन्चार्ज गरिमा शाहलाई बनाइएको छ । नेकपा एसले प्रवास प्रदेशको इन्चार्जमा स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई जिम्मा दिएको छ । उनी तत्कालीन नेकपामा पनि प्रवास हेर्ने जिम्मेवारीमै थिए ।


प्रतिक्रिया

One thought on “नेकपा एसले तोक्यो प्रदेश कमिटीका पदाधिकारी, कर्णालीमा अध्यक्ष खाली (सूचीसहित)

Leave a Reply to Lok Bista Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर