आजबाट बढ्यो भाडादर, कुन ठाउँ पुगेको कति ? (सूचीसहित) – Nepal Press

आजबाट बढ्यो भाडादर, कुन ठाउँ पुगेको कति ? (सूचीसहित)

काठमाडौं । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेको थियो ।

आजबाट बागमती प्रदेशभर सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो। बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । दसैंको बेला गाउँ जानेहरुलाई समस्यामा पर्ने भन्दै दसैंपछि मात्रै नयाँ भाडा दर लागू भएको हो ।

पहिले २० रुपैयाँ भाडा भएको दुरीमा अब २५ रुपैया भाडा तोकिएको छ । पहिले गाडी चढेर नजिकै झर्दा १५ रुपैयाँ भाडा थियो । भने, अब डिलक्स भन्दा बाहेकका सार्वजनिक सवारीले १८ रुपैयाँ भाडा लिने छन् । भने । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।

नयाँ भाडादर अनुसार अब ०९५ किलोमिटरको भाडा १८ रुपैयाँ तोकिएको छ । ०-१० किलोमिटरको २३, ०-१५ किलोमिटरको २७ ०-२० किलोमिटरको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।

यातायात व्यवस्था विभाग बागमती प्रदेशका सूचना अधिकारी राजु अर्यालले आजबाट नयाँ भाडा दर लागू भएको बताए ।
उनले भने, ‘हिजो नै नयाँ भाडादर राजपत्रमा प्रकाशित भएको थियो । आजाबाट त्यो लागू भएको छ । केन्दमा जस्तो २८ प्रतिशत नै भाडा बागमती प्रदेशमा वृद्धि भएको छैन् । काठमाडौं उपत्यका फरक र उपत्यका भन्दा बाहिर फरक भाडादर कायम भएको छ ।नयाँ तोकिएको भाडा दरमा काठमाडौं उपत्यकामा डिलक्सको सेवा दिने सार्वजनिक सवारी साधनले भने २० प्रतिशतसम्म थपेर भाडा लिन पाउने व्यवस्था रहेको छ ।’

२०६३ सालदेखि सार्वजनिक यातायताको भाडदर वृद्धि नभएको भन्दै यातायात व्यवसायीले आन्दोलन गरेका थिए । ६३ सालमा प्रतिलिटर ७३ रुपैयाँ पेट्रोलको मूल्य हुँदा तोकिएको भाडा पेट्रोल प्रतिलिटर ११० रुपयाँ हुँदा मात्रै बागमती प्रदेशको भाडा वृद्धि भएको छ ।

यातायात व्यवसायीले भने ७० प्रतिशत भाडादर वृद्धि गर्न माग गरेका थिए । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा करिब २८ प्रतिशत र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर