उपविजेता बनेर फर्किएको फुटबल टोलीलाई विमानस्थलमा भव्य स्वागत (तस्बिर र भिडिओ) – Nepal Press

उपविजेता बनेर फर्किएको फुटबल टोलीलाई विमानस्थलमा भव्य स्वागत (तस्बिर र भिडिओ)

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टिम सोमबार बिहान ९ बजे स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी लगायतले भव्य स्वागत गरे । साथमा फुलबल समर्थकहरुको पनि उपस्थिति थियो । उनीहरुले नेपाली टोलीको स्वागत गरेका थिए ।

नेपालको प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाली टाेलीसँग आएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर