रक्षामन्त्री रिजालले गरे जंगी अड्‍डाको निरीक्षण (भिडिओ) – Nepal Press

रक्षामन्त्री रिजालले गरे जंगी अड्‍डाको निरीक्षण (भिडिओ)

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले सैनिक मुख्यालय जंगी अड्‍डाको निरीक्षण गरेका छन् । आइतबार प्रधान सेनापति महारथी प्रभुराम  रक्षामन्त्री रिजाललाई जंगी अड्‍डामा स्वागत गरेका थिए ।

प्रधान सेनापति शर्माले हालसम्म नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भईरहेको निर्देशन तथा सहयोगको लागि आभार व्यक्त गरे।

प्रधान सेनापति महारथी शर्माले रक्षामन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे । रक्षामन्त्री रिजालले आफु रक्षामन्त्रीमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताए ।

सोही क्रममा उनले नेपाली सेनाले देश भित्र विपद व्यवस्थापन र कोभीड -१९ महामारी बिरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिबृद्धिका लागि प्रयत्नशिल रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयास गर्ने बताए ।

कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्‍याल, रक्षा मन्त्रालयका प्रतिनिधिहरु तथा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर