२ वर्षमा पुरुष विश्व कप गर्दा अन्य खेल र लैंगिक समानताको ख्याल गर्नुपर्छ: आईओसी


काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले फिफाको प्रत्येक दुई वर्षमा पुरुष विश्व कप गर्ने योजना कार्यान्वयन गर्नुअघि अन्य खेल र लैङ्गिक समानताबारे ख्याल गर्नुपर्ने बताएको छ ।
बाइनियल विश्व कप आयोजना हुँदा ओलम्पिक र महिला फुटबल क्यालेन्डरसँग जुध्ने निश्चित छ ।
आईओसीले जारी गरेको वक्तव्यमा ुयसले खेलकुदको विविधता र विकासलाई असर पुर्याउनेु उल्लेख छ । सोही वक्तव्यमा बाइनियल विश्व कपले महिला फुटबलमा समेत चुनौती सृजना गर्ने बताइएको छ ।
अक्टोबरको सुरुआतमा युईएफए र १० युरोपेली महिला लिगले संयुक्त विज्ञप्ति जारी गर्दै बाइनियल पुरुष विश्व कपले महिला फुटबलमा गम्भीर असर पुग्ने बताएका थिए ।
यस्तै, सेप्टेम्बर पुरुष लिगले पनि फिफाको बाइनियल विश्व कपको विरोध गरेको थियो ।