गोरखा केन्द्रविन्दू बनाएर मध्यरातमा भूकम्पको धक्का

२०७८ असोज ३१ गते ६:३४

काठमाडौं । गएराति पूर्वी गोखरा र आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उत्तर पूर्वी गोरखाको मानबु केन्द्रविन्दू बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
राती ४ बजेर ९ मिनेटमा गएकाे भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा र नुवाकोटसम्मका नागरिकले महशुस गरेका थिए । सुतिरहेको समयमा भूकम्प गएसँगै त्राशको वातावरण बनेको थियो ।
२०७२ बैशाख १२ मा गोरखा नै केन्द्र बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पयता हजारौंपल्ट भूकम्प र पराकम्पहरु गइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर