साफ च्याम्पियनसिप फाइनल: एक मिनेटभित्र नेपालमाथि भारतकाे दुई गाेल

२०७८ असोज ३० गते २१:५६

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा भारतले नेपालविरुद्ध दुई मिनेटमा दुई गोल गरेको छ ।
माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो पटक फाइनलमा पुगेको नेपालविरुद्ध भारतले ४९औं र ५०औ मिनेटमा लगातार गोल गरेको हो ।
मालेस्थित नेसनल स्टेडियममा जारी खेलको ४९औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले हेडरमार्फत गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै भारतीय मिडफिल्डर सुरेष वाङ्जामले गोल गर्दै भारतको अग्रता दोब्बर पारेका हुन् ।
नेपाल पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारत प्रतियोगिताको सर्वाधिक सफल टोली हो ।
प्रतिक्रिया
सम्बन्धित खवर