साफ च्याम्पियनसीप फाइनलः खेल हेर्न एक घन्टाअघि नै स्ट्यान्डमा पुगे अल्मुताइरी – Nepal Press

साफ च्याम्पियनसीप फाइनलः खेल हेर्न एक घन्टाअघि नै स्ट्यान्डमा पुगे अल्मुताइरी

काठमाडौं । साफ च्याम्पियनसीप फाइनलमा प्रतिवन्ध भोगेका नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्ट्यान्डबाट खेल हेर्ने भएका छन् । खेल सुरु हुनुभन्दा एकघन्टा अघि नै उनी स्ट्यान्डमा पुगिसकेका थिए ।

नेपाल र भारतबीच हुने फाइनल पौने ९ बजे माल्दिभ्सको राष्ट्रिय रंगशालामा सुरु हुँदैछ । अल्मुताइरी ८ नबज्दै स्ट्यान्डमा पुगेर त्यहाँ रहेका केही समर्थक र मिडियासँग वातचित गरिरहेका थिए । उनको अनुहारमा व्यग्रता देखिएको छ ।

पछिल्लो दुई म्याचमा पहेँलो कार्ड पाएका अल्मुताइरीलाई साफले फाइनलमा टचलाइनमा बस्न रोक लगाएको छ । साफ नियमावलीविरुद्ध आफूमाथि कारवाही गरिएको भन्दै अल्मुताइरीले विरोध जनाएका छन् ।

तस्बिर : रेवन दाहाल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *