साफ च्याम्पियनसिप फाइनल: भारतविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक – Nepal Press

साफ च्याम्पियनसिप फाइनल: भारतविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलका लागि नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले सुरुआती–११ सार्वजनिक गरेका छन् । माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो पटक फाइनलमा पुगेको नेपालले पौने ९ बजे भारतसँग खेल्दैछ ।

यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई टच लाइनमा प्रतिबन्ध लागेपछि टोलीको नेतृत्व सहायक प्रशिक्षक श्रेष्ठले गर्नेछन् । यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएका नेपाली फरवार्ड अञ्जन विष्टले पनि आजको खेल गुमाउने छन् ।

कप्तान तथा गोलकिपर किरण चेम्जोेङको कप्तानीमा रहेको नेपाली टोलीमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द छन् ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह प्यारापिटमा बसेर आजको खेल हेर्नेछन् ।

भारतीय टोलीमा भने गोलकिपर गुरप्रीतसिंह सन्धु, कप्तान सुनील क्षेत्री, राहुल शंकर भेके, कोन्साम, ललेङ्माविया, मनभिर सिंह, यासिर मोहमद, मन्दर राओ देशाई, प्रितम कोटल, सुरेस सिंह छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *