मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु – Nepal Press

मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आज दिउँसो मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बा. ४८ प ५५२२ नम्बरको मोटरसाइकल रुखमा ठोक्किँदा गणेशमान चारनाथ नगरपालिका-१ का २७ वर्षीय दीपलाल महरा र सोही ठाउँका २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो । लालबाबु पासवान गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार तीनैजना एउटै मोटरसाइकलमा सवार थिए । मोटरसाइकल तीव्र गतिमा चलाएकोले अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर