जनकपुरमा रावण बध र लंका दहन गरियो – Nepal Press

जनकपुरमा रावण बध र लंका दहन गरियो

जनकपुरधाम । विजयादशमीको अवसरमा जनकपुरधाममा रावण बध र लंकादहन गरिएको छ । विजयदशमीको अन्तिम दिन शुक्रबार साँझ रावणको प्रतिमा निर्माण गरी ‘बध’ गरिएको हो ।

प्रतिकात्मक रुपमा बनाएको मानवरुपी भगवान रामले रावण बध र हनुमानले लंकादहन गरे । जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावण, कुम्भकर्ण र मेघनाथको प्रतिमामा आगो लगाइयो । रावण, कुम्भकर्ण र मेघनाथ बध भएको खुशियालीमा पटाका समेत पड्काइएको छ ।

महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ । गतवर्ष कोरोना महामारीका कारण रावण बध र लंका दहन कार्यक्रम भएको थिएन।

१४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा रावण बध कार्यक्रम गरिदै आएको छ ।                                       


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर