विवाह बन्धनमा बाँधिए क्रिकेटर विनाेद भण्डारी – Nepal Press

विवाह बन्धनमा बाँधिए क्रिकेटर विनाेद भण्डारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका विकेट किपर तथा व्याट्सम्यान विनाेद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् ।
भण्डारीले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । सञ्चारकर्मी अर्यालकाे गोरखास्थित आफ्नै घरबाट विवाह गरेको हो ।

उनीहरूले असोज ६ गते ‘इन्गेजमेन्ट’ गरेका थिए ।निकटस्थहरुका अनुसार विनोद र सोनिकाले ४-५ वर्षदेखि प्रेम सम्बन्धमा थिए । हाल ग्यालेक्सी फोके टिभीमा आवद्ध सोनिका प्रतिभाशाली खेल पत्रकार हुन् ।

क्रिकेटको रिपोर्टिङका क्रममा विनोदसँग उनको चिनजान भएको थियो ।भण्डारी ३१ वर्षिय कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी हुन् ।

ब्याट्सम्यान र विकेटकिपरको भूमिकामा रहेका भण्डारी नेपालका अनुभवी क्रिकेटमा पर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर