सडकमा बढ्न थाल्यो चहलपहल (तस्बिरहरू)


काठमाडौं । सुनसान बनेका सहरका सडकमा पुन: चहलपहल बढ्न थालेको छ । मान्यजनको हातबाट दसैँको टीका लगाउन आउजाउ गर्नेहरूको चाप बढेसँगै काठमाडौंमा पुनः चहलपहल बढेको हो ।
शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जानेक्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक र निजी सवारीको संख्या बढेको छ । रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ ।
घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।
सर्वसाधारणहरू घरमा टीका लगाएर माइत, मावल ससुराली जान थालेसँगै महाष्टमीदेखि सुनसान रहेका काठमाडौंका सडक क्रमश: व्यस्त देखिएको छ ।