हराएकी आमा कुर्दै छन् छोरा–छोरी – Nepal Press

हराएकी आमा कुर्दै छन् छोरा–छोरी

चितवन । भरतपुर–१४ सुन्दरवस्तीका विष्णु लामिछाने आमाको पखाईमा छन् । आज दसैँको मुख्य दिन भएपनि उनी खुशी छैनन् । ११ वर्षिय बहिनी पनि आमा नहुदा चिन्तित छन् ।

विष्णु १६ वर्ष पुगे । ३५ वर्षिय आमा तिलकुमारी सुवेदी लामिछाने २४ गते दिउसो ४ बजेदेखि सम्पकैमै छैनिन् । ६ महिना पहिले किनेको स्कुटर घरमा नदेखेपछि दसैँ किनेमेल गर्न बजार गएको अनुमान लगाएर विष्णु बसे ।

खेल्न गएकी बहिनी पनि घर आइन् । आमा आउने आशमा त्यो रात त्यसै वित्यो । २५ गते कैयन पटक फोन गरे । घण्टी गयो, तर फोन उठेन । २६ गते फोन गर्न खोजे । मोबाइल अफ भएपनि उनीहरु थप चिन्तामा परे ।

माइती र घरको पुरानो थलो माडी भएकाले खोज्न गाउँ पुगे । भेट्न सकेनन् । ‘खोजवीन गर्न प्रहरीमा निवेदन दिएका छौँ ’, छोरा विष्णु भन्छन्, ‘दसैँका बेला आमा हराउनुभयो, घर फर्किने आशमै छौँ ।’

तिलकुमारीको जन्मथलो माडीको सितलपुर हो भने विवाह माडीकै वैराठमा भएको थियो । ७ वर्ष पहिले सुन्दरवस्ती बसाईसरी आएका थिए । २ महिना बसेर श्रीमान बैशाखमा दुबई काममा फर्किएका थिए ।

‘आमाले कहिल्यै केही गुनासो गर्नुभएन, अहिले कहाँ जानुभयो भेट्नै सकेनौँ ’, उनी भन्छन्, ‘आमा विनाको दसैँ खल्लो बनेको छ ’ हजुरबुबा, ठुलबुबा, अंकलको परिवार माडीमै छन् । वर्षेनी आमासँगै दसैँ मनाउन जाने गर्थे ।

मामा हजुरबा दयाराम सुवेदी छोरी हराएपछि निकै चिन्तामा छन् । ‘प्रहरीलाई भन्यौँ, हप्ता हुन लाग्यो, केही पत्तै लागेन”, उनी भन्छन्, ‘टीका लगाउन छोरी फर्केर आउने आशा छ ।’

गीतानगर प्रहरीमा हराएको सूचना दिएका छन् । तिलकुमारीले ९७९२ नम्बरको हरियो रंगको डियो स्कुटर प्रयोग गर्थिन् । विवाह भएको करिब १८ वर्षहुँदा श्रीमान–श्रीमतिबीच कुनै भनाभन कहिल्यै सुन्नु नपरेको बुबा दयाराम बताउँछन् । ‘छोरी–ज्वाईको सम्बन्ध राम्रै थियो ’, उनी भन्छन्, ‘आँफै हराइन् वा अपहरणमा परिन्, सबैले खोज्न सहयोग गरिदिनुस् ।” अहिले माइती र घर करिब डेढ किलोमिटर टाढा पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर