प्रधानमन्त्रीको दसैँ : पत्नी आरजुकै हातबाट ग्रहण गरे टीका – Nepal Press

प्रधानमन्त्रीको दसैँ : पत्नी आरजुकै हातबाट ग्रहण गरे टीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा परिवारसँगै दसैं मनाएका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुभ साइतमै परिवारका सदस्यहरुलाई टीका लगनइदिएका छन् ।

प्रधानमन्त्री देउवाले पत्नी आरजु, छोरा जयवीर तथा भतिजहरु भानु र प्रकाशलाई टीका लगाइदिएका थिए । प्रधानमन्त्री देउवाले भने पत्नी आरजुकै हातबाट टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार माता पिता दुवैजनाको निधन भइसकेका कारण प्रधानमन्त्रीले पत्नीको हातबाट टीका ग्रहण गरेका हुन् ।
यसअघि शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले दसैंमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धिको कामना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर