‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ) – Nepal Press

‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेर एउटा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा भाग लिन पुगेकी थिइन् एमालेकी समानुपातिक सांसद तथा लोकगायिका कोमल वली ।

कार्यक्रममा भाषणसँगै सांस्कृति प्रस्तुति पनि समावेश गरिएका थिए । कोमलले पनि कार्यक्रममा छोटो भाषण गर्दै केपी ओलीमाथि कविता र गीत सुनाइन् । आफ्नो छोटो कवितामा कोमलले ओलीलाई ‘स्वप्नद्रष्टा पिता’ को संज्ञा दिएकी थिइन् ।

कोमलले सार्दूलविकृडित छन्दमा सुनाएको कविताका चार पंति यस्ता छन्-

यस्ता घोर कठोर कालहरुमा सत्कर्मका सञ्चिता

नेपालीजनका अपूर्व सुखका हे स्वप्नद्रस्टा पिता,

नेपाली मुटुभित्र बास अहिले बस्ने छ कोही त्यो भने

केपी बा हुनुहुन्छ एक युगका भन्छन् सबै भन्छन् सबैका मन ।

कोमलले आफ्नो भाषणमा देशलाई फेरि एकपटक केपी ओली चाहिएको बताइन् ।

उनले भनिन्, ‘देशको दूरगामी विकासका लागि हामीलाई फेरि केपी ओली चाहिएको छ ।’

त्यसपछि उनले ओलीमाथि नै रचिएको गीत पनि सुनाइन् ।

गीतको बोल थियो :

फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई

देशका लागि आज अनि चाहियो भोलिलाई

आजभन्दा झन्‌झन् खाँचो भयो भोलिलाई ।


प्रतिक्रिया

2 thoughts on “‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)

  1. तपाईंलाई केपीले राष्ट्रिय सभाको संसद नबनाएको भए आज गाली गर्दै हुन्थ्यौ , शुरुआतमा समानुपातिकमा नराख्दा राप्रपा फर्किने सुर कसेर हिड्दै गर्दा राष्ट्रिय सभा प्रवेश गराएपछि भजन गाउदै हिड्दै छौ हिड राजा वादेनीलाई भजन गाउन के को लाज

Leave a Reply to नेपाली Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर