गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण – Nepal Press

गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको अवसरमा गृहजिल्ला झापा पुगेर दसैँको शुभकामना साटेका छन् । पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अघिल्ला भाषणहरूमा जस्तो अरु दल र नेतालाई गालीगलौज गरेनन् ।

भाषणको सुरूआतमा नै ओलीले आफू आज शुभकामनामात्र दिन उपस्थित भएको भन्दै कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

‘करिब तीन हप्तादेखि रुघाखोकीका कारण बाहिर निस्कन सकेको थिइनँ,’ ओलीले भाषण सुरू गर्दै भनेका थिए, ‘महाधिवेशनमा दुई दिन देखा परेँ, त्यसपछि कतै गएको छैन । आज म दसैँको शुभकामना साट्न आएको हुँ । कसैलाई कटाक्ष र आलोचना गर्न उचित ठान्दिनँ ।’

नभन्दै उनले अदालत र सरकारबीच ‘बार्टर’ को आशंकाबाहेक अरु कुनै आलोचनात्मक टिप्पणी गरेनन् । न त सहभागीलाई हँसाए नै । उनको भाषण पूर्णरूपमा ‘शाकाहारी’ थियो ।

ओलीले भने, ‘केही वर्ष अघिसम्म नेपालीलाई लाग्ने गरेको थियो देश विकास गर्न सकिँदैन कि क्याहो ? तर, अहिले वितेका केही वर्षमा हामीले जे उपलब्धी हाँसिल गरेका छौं, त्यसले विश्वास उत्पन्न गरेको छ कि हामी सक्छौं । हामीले निराश हुनुपर्ने अवस्था छैन अहिले ।’

ओलीको भाषण उनको शैलीविपरीत निकै छोटो पनि थियो । प्राय एक-डेढ घन्टा भाषण गर्ने ओली आज २० मिनटमै भाषण टुंग्यायाए ।

भाषण सकेर ओली आजै काठमाडौं फर्किँदैछन् ।


प्रतिक्रिया

2 thoughts on “गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

  1. के गर्छौ त बुढा डाहा गरेर तिम्रो जस्तो ४० महिना मै २० खर्ब रुपया कमाएको भए सट्टा – पट्टा नगरी हाता -हाती नगद मै कारोबार हुन्थ्यो कि ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर