हनुमानढोकामा राँगा र बोकाको बलि (तस्वीरहरु) – Nepal Press

हनुमानढोकामा राँगा र बोकाको बलि (तस्वीरहरु)

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका परिसरमा बोका र राँगाको बलि दिइएको छ । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन छ ।

दसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/ ५४ वटा बोका र राँगा बलि चढाइने परम्परा रहेको छ ।आज देशैभरको शक्तिपीठहरूमा बोका, हाँस, कुखुराको भाले, राँगाको बलिसहित पूजा गर्ने चलन छ ।

यस्तै सवारी साधनहरुको पनि पुजाआजा गरी भाले, हाँस, नरिवलको चढाउने प्रचलन रहेको छ । गत वर्ष भने कोरोनाका कारण हनुमानढोकामा बलि स्थगित भएको थियो ।

आज उपत्यकाका शक्तिपीठहरू नरदेवी, शोभा भगवती, आकाश भैरव, बज्रबाराही, गणेशस्थान, कंकेश्वरी, भद्रकाली, महांकाललगायत शक्तिपीठमा गरिने बलिसहितको पूजा पनि गरिएको छ ।


प्रतिक्रिया

One thought on “हनुमानढोकामा राँगा र बोकाको बलि (तस्वीरहरु)

  1. हैन, यत्रा रागा बोका कस्ले खान्छन होला? कि टेन्डर लाग्छ? लौन जानकारी पाउ। राष्ट्रिय सम्पत्तीको दुरुपयोग त हुन भएननी। कि गरिवले पाउने व्यवस्था छ!??

Leave a Reply

Your email address will not be published. Required fields are marked *