अल्मुताइरीले भने- फाइनल मेराे अन्तिम खेल, अनि कहिल्यै नेपाल फर्किन्न


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि आफू नेपालमा नबस्ने बताएका छन् ।
आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । नेपालले बुधबार भएको बंगलादेश विरुद्धको खेलमा एकएक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् ।
‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरालागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’
साला हरामी नेपाली नेतृत्व कहिले पनि राम्रो मान्छेलाई सम्मान गर्नु सक्दैन खातेहरु!! यति राम्रो प्रशिक्षण फ़ेरि कहिले पाउने हो नेपाली फुटबल टिमले।
साला चोरै चोर भएको देश मा राम्रो मान्छे कहाँ अटाउछ।
Khattam rajniti Cha Nepal ma ajha bhanau khelkud kshetra maa anil badhi football maa
नेपाललाइ फाइनल सम्म पुर्याउनु तपाईंको ठुलो योगदान छ र यो कुरा स्मरणीय रहने छ , सलुट छ तपाई लाई प्रशिक्षक श्री अब्दुल्लाह ।