राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठहरुको पूजा–अर्चना (तस्विर र भिडिओ) – Nepal Press

राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठहरुको पूजा–अर्चना (तस्विर र भिडिओ)

काठमाडाै‌ं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरुको पूजा अर्चना गरेकी छन् । बुधवार अपरान्ह ४ बजेदेखि राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गरेकी हुन् ।

उनले काठमाडौं उपत्यकाका नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, शंकटा, नरदेवी, इन्द्रयाणी र शोभाभगवतीको दर्शन गरेकी हुन् ।

नेपालीहरुको महान चाड विजया दशमी (बडा दशैँ) को आठौं (महाष्टमी) दिन बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा समेत पूजा अर्चना गरेकी थिइन् । महाष्टमीका दिन विशेष पूजाअर्चना गरिन्छ भने मध्यराती बलि दिने र कालरात्रीको पूजा गर्ने चलन छ ।

 

तस्विर  :सराेज बैँजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर