दसैंको मासु भाग लगाउने क्रममा विवाद हुँदा युवकको हत्या – Nepal Press

दसैंको मासु भाग लगाउने क्रममा विवाद हुँदा युवकको हत्या

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

फुलपातीको दिन गाउँमा स्थानीय मिलेर राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले बिक्रमलाई दाउराको चिर्पट प्रहार गरेका थिए ।

चिर्पटको प्रहारबाट गम्भीर घाइते भएको बिक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको  प्रहरीले जनाएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *