पछिल्ला सवारी दुर्घटनाको छानविन गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण – Nepal Press

पछिल्ला सवारी दुर्घटनाको छानविन गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले मुगु र कास्कीमा भएको सवारी दुर्घटनाप्रति दु:ख जनाएका छन् ।

मुगुमा दसैँको फूलपातीको दिन भएको दुर्घटनामा ३२ जना र अघिल्लो दिन कास्कीको घान्द्रुकमा सडक दुर्घटनामा ८ पदयात्रीको मृत्युले उपराष्ट्रपति स्तब्ध भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रेस संयोजक मनोज घर्तीमगरले विज्ञप्ति जारी गर्दै मुगुलगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानविन गरी प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न उपराष्ट्रपति पुनले सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।

दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपराष्ट्रपतिले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत तथा क्षतिपूर्तिका उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *