रामचन्द्रको भिडिओ सन्देश- कांग्रेसलाई विसंगतिमुक्त बनाऔं – Nepal Press

रामचन्द्रको भिडिओ सन्देश- कांग्रेसलाई विसंगतिमुक्त बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई विसंगति मुक्त बनाउन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने बताएका छन् ।

दसैंका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले नेपालीहरुको महान् पर्वका अवसरमा कांग्रेस र देशलाई लोकतान्त्रिककरण गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका हुन् ।

‘राजनीतिमा देखिएको विकृति विसंगतिलाई हटाएर स्वच्छ दिशा दिन लोकतन्त्रवादीहरुले महान् संकल्प गर्नुपर्नेछ । हाम्रो पार्टी अझै लोकतान्त्रिक बन्न सकेको छैन । विधि, पद्दति र नियमबाट पार्टी चलेको छैन । यो पार्टीलाई विकृति र विसंगति मुक्त बनाउन आज सबैले अग्रसरता लिनुपरेको छ’, पौडेलले भनेका छन् ।

पर्वहरुको शुभकामनासँगै कांग्रेसको १४ औं महाधिवेशन लक्षित भिडियो सन्देशमार्फत पौडेलले कांग्रेस नेतृत्वको व्यवहार, आचारण र शैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन् । पौडेलले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिन समेत आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर