प्रधानमन्त्रीको निर्देशनः दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा मापदण्ड पालना गराऊ – Nepal Press

प्रधानमन्त्रीको निर्देशनः दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा मापदण्ड पालना गराऊ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक सबै मापदण्ड अपनाउन निर्देशन दिएका छन् ।

मुगु, कास्की र अछाममा भएका श्रृखंलाबद्ध सडक दुर्घटनाबाट आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरु अपनाउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारमा समवेदना प्रकट गर्दै परिवारलाई उचित राहत उपलब्ध गराउने बताएका छन् ।

त्यस्तै सडक दुर्घटनामा घाइते भएकाहरुको उपचार सरकारले निशुल्क रुपमा गर्ने घोषणा पनि प्रधानमन्त्री देउवाले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर