‘उचाइ’ छायांकन भोलिदेखि नाम्चेमा हुँदै, अनुपम र परिणितीले गरे सगरमाथा सौन्दर्यको प्रशंसा – Nepal Press

‘उचाइ’ छायांकन भोलिदेखि नाम्चेमा हुँदै, अनुपम र परिणितीले गरे सगरमाथा सौन्दर्यको प्रशंसा

काठमाडौं । अहिले नेपालका हिमाली थलोहरुमा बलिउड फिल्म ‘उचाइ’को छायांकन भैरहेको छ । मंगलबार सगरमाथा क्षेत्रको लुक्लामा फिल्म छायांकन सकिएको छ भने बुधबारदेखि नाम्चेमा हुँदैछ ।

फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ । थ्री हिव्लर्स कम्पनीका अनुसार मुस्ताङमा भने छायांकन हुनेछैन ।

बलिउडका ए-लिस्टर निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङलाई अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी लगायतका कलाकार नेपालमा छन् ।

मंगलबार इन्स्टाग्राममार्फत सगरमाथाको सुन्दर तस्बिर सेयर गर्दै परिणिती र अनुपमले प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका छन् । सगरमाथासामु जोकसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् भने परिणितीले सगरमाथाको नम्रताको वर्णन गरेकी छिन् ।

उचाइ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने जनाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर