सीमा समस्या कुटनीतिक रुपमै सम्बोधन गरिनुपर्छ : डा. महत (भिडिओ) – Nepal Press

सीमा समस्या कुटनीतिक रुपमै सम्बोधन गरिनुपर्छ : डा. महत (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सह- महामन्त्री एवं पूर्व परराष्ट्र मन्त्री डा। प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

पत्रकारहरुसँगकाे कुराकानीमा सह- महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल गरेको बताए ।

भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको महतले जानकारी दिए । नेपाली कांग्रेसको ३ सदस्यीय प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा आपसी हित र सहयोगलाई केन्द्रमा राखेर छलफल गरेको महतको भनाई छ ।

‘भारतीय विदेशमन्त्रीसंगको भेटमा सीमा समस्या समाधानका लागि वार्ताको थालनी, महाकाली तुइन प्रकरणको विषय र व्यापार घाटा कम गराउने विषयमा छलफल भएको छ’, महतले भने ।

उनले कांग्रेस प्रतिनिधिमण्डलले उठाएका विषयमा भारतीय विदेशमन्त्री एस।जयशंकरले सकरात्मक प्रतिक्रिया दिएको जानकारी दिए । भारतीय जनता पार्टी र नेपाली कांग्रेसबीचको सम्बन्ध सुधार र अनुभव आदान प्रदानका दृष्टिले भ्रमण महत्वपूर्ण रहेको महतले बताए ।

भ्रमणका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भने भेट भएको भन्दै महतले नेपाल–भारत सम्बन्ध सदाझै सुमधुर बनाउन दुवै पक्षबाट प्रयास गर्ने सहमति भएको बताए ।

कांग्रेसले पार्टीगत हिसाबले थालेको भएपनि भ्रमणबाट दुई देशबीचको सम्बन्धमा सुधार आउने बताए । ‘अघिल्लो सरकारले कुरा ठूलो गर्यो तर कुटनीतिक रुपमा कुनै संवाद गरेन । हामीले भारतसहित सबै मित्र राष्ट्रसंग पर्याप्त संवाद गर्न चाहेका छौं’, महतले भने । भारत भ्रमणमा सह महामन्त्री महतसहित कांग्रेस नेताहरु अजय चौरसिया र उदयशमशेर राणा सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर