हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी

२०७८ असोज २६ गते १४:१७

काठमाडाैं । हनुमानढोका दरबारको दसैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ ।
गोरखाबाट ३ : ३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुग्ने छ । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीयवासीसहितको टोली जमल जाने तयारी भएको छ ।
दिउँसो साँढे चार बजेसम्म हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारीको पनि सभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर