अशाेक राईकाे स्वीकाराेक्ति: संविधान संशोधन अहिले सम्भव छैन (भिडिओ) – Nepal Press

अशाेक राईकाे स्वीकाराेक्ति: संविधान संशोधन अहिले सम्भव छैन (भिडिओ)

चितवन । जसपाका नेता अशोक राइले संविधान तत्काल संशोधन हुने अवस्था नरहेको बताएका छन् । बेलाबखत संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएका उनले संविधान संसोधनको शर्त पूरा हुने भएपछि मात्रै सरकारमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका थिए ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यो सरकारसँग २ तिहाइ बहुमत देखिदैन, एक्सर्साइज गर्न सकिन्छ, तर संशोधन हुने देखिन्न ।’

उनले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहनुपर्ने बताए ।

‘संविधान संरक्षण र सुधार गर्न अग्रगामी गतीदिन यो व्यवस्थाका संरक्षक र जन्मदाताहरू बीच सहकार्य भएर जानू राम्रो हुन्छ’, उनले भने, ‘निर्वाचनसम्मनै गठबन्धन भएर जानुपर्छ ।’

उनले जनअपेक्षा पूरा गर्न सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । ‘संकटकालिन अवस्थामा बनेको सरकार हो, चुनौतीहरू धेरै छन्’, उनले भने, ‘लामो समयदेखिका समस्य हल गर्नुपर्छ, यतिबेला सबै पक्ष संयम भएर लाग्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *