भरसक मै सभापति बन्छु: शशांक कोइराला (भिडिओ) – Nepal Press

भरसक मै सभापति बन्छु: शशांक कोइराला (भिडिओ)

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तिहारपछि संस्थापन इतर समूहबाट एकमात्रै सभापतिको उम्मेदवार तय हुने दावी गरेका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले संस्थापन इतर समूह मिलेर चुनावमा जाने जिकिर गरे ।

‘रामचन्द्र, शेखर, प्रकाशमान र म बीच वार्ता चलिरहेको छ’, उनले भने, ‘भरसक म नै हुने प्रयास छ ।’

उनले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने बताए । ‘क्रियाशिल सदस्यता विवाद भएका १३ जिल्लामा तिहारपछि सुचारु हुनेछ, केन्द्रीय महाधिवेशनको मिति सर्दैन’, उनले भने, ‘महाधिवेशन एकैपटक हुनुपर्थ्यो, तर जिल्लाको एकैपटक धेरै कारणले हुन सकेन ।’

मन्त्रीपरिषदले पूर्णता पाएकाले सरकारले पूर्ण कार्याकाल पूरा गर्ने बताए । उनले सरकार राम्ररी चल्ने विश्वाससेत व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर