मिनेन्द्र रिजाललाई लक्षित गर्दै प्रदीप ज्ञवालीको टिप्पणी: देख्न के बाँकी रह्यो र ? – Nepal Press

मिनेन्द्र रिजाललाई लक्षित गर्दै प्रदीप ज्ञवालीको टिप्पणी: देख्न के बाँकी रह्यो र ?

काठमाडौं । एमाले प्रवक्ता प्रदिप ज्ञवालीले सय दिनमै विभिन्न काण्ड रचेको भन्दै देउवा आलोचना गरेका छन् । संसदमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले गरेको भाषणसँग जोड्दै उनले सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका हुन् ।

‘सदनमा एकजना कांग्रेस नेताले भन्नुभा’थ्यो, सरकार कसरी चलाउनुपर्छ हामी देखाउनेछौं,’ ज्ञवाली लेख्छन्, ‘ठीकै भन्नु भा’रैछ । भूमि आयोग खारेजी, जयसिंह धामी वेपत्ता, १४ सय सडक आयोजना रद्द, कालो धन सेतो बनाउने प्रपञ्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतिपुर गोलीकाण्ड । सय दिनमै यति देखिसकेपछि बाँकी के रह्यो र ?

डा. रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै ‘सरकार कसरी चलाउनुपर्छ अब जनताले हेर्ने बताएका थिए । चार दिनअघि गरिएको मन्त्रीपरिषद विस्तारमा रिजाल रक्षामन्त्री नियुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर