‘डाँडाको वर पिपल’ लाई शुभकामना दिँदै दिपकराज गिरीले भने: व्यर्थको आरोप-प्रत्यारोप बन्द गरौं – Nepal Press

‘डाँडाको वर पिपल’ लाई शुभकामना दिँदै दिपकराज गिरीले भने: व्यर्थको आरोप-प्रत्यारोप बन्द गरौं

काठमाडौं । लामो समयको अन्तरालमा नयाँ नेपाली चलचित्र आज हलमा रिलिज हुँदैछ । शोभित बस्नेत निर्देशित चलचित्र हलमा लाग्दै गर्दा चलचित्र क्षेत्रको माहोल भने राम्रो छैन । खासगरी ‘महानायक विवाद’ ले यस चलचित्रलाई नराम्ररी कुठाराघात गरेको छ ।

यही विषयलाई लिएर अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् । नेपालका चलचित्रकर्मीहरु एउटाले अर्काेलाई प्रहार गर्दा चलचित्र उद्योग घाइते भइरहेको उनको गुनासो छ ।

‘फेसबुक, टिकटक, फिल्मीन्यूज हरूले हाम्रो  बौद्धिकता लाइ जिस्काइरहे झै लाग्छ,’ गिरीले फेसबुकमा लेखेका छन्, ‘उसलाई परेको हो, मलाई होइन भनेर चुप बस्ने अवस्था पनि छैन ! किनकि अलि–अलि छिट्टा त हामि सबैलाई परेको छ, पर्छ पनि ।’

गिरीले व्यर्थका बहस तथा आरोप प्रत्यारोपहरु बन्द गर्न अपिल गरेका छन् । डाँडाको वरपिपललाई उनले शुुभकामना दिएका छन् ।

‘धेरैपछि नेपाली फिÞल्म हलमा आएको छ, कमसेकम शुभकामना दिऔं ‘डाँडा पारीको वरपिपल’ लाई ।  थप बिबाद नगरौ !’ उनले भनेका छन् ।

महानायक विवादतर्फ ईंगित गर्दै गिरीले लेखेका छन्, ‘महान को हो त्यो निर्णय हामीले गर्ने होइन । त्यसैले आ–आफ्नो गल्ति स्विकार गरेर, हातेमालो गरेर, कमजोर भएको उद्योगलाई मिलेर उचालौं ! यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छु !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *