प्रहरी हिरासतमै एकजनाको मृत्यु

२०७८ असोज २५ गते १०:२१
कैलाली । कैलालीमा प्रहरी हिरासतमै एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-१ का करिव ३५ वर्षीय धनबहादुर रानाको इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा मृत्यु भएको हो ।
चौधरीलाई प्रहरीले भैँसी चोरेको आरोपमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले शौचालयमा झुन्डिएको अवस्थामा रानाको शव फेला परेको बताए ।
घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर