अपेक्षा गिरीको ‘निष्ठुरी परदेशी’ सार्वजनिक – Nepal Press

अपेक्षा गिरीको ‘निष्ठुरी परदेशी’ सार्वजनिक

चितवन । गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीत गायिका गिरीले नै लेखेकी हुन् । म्यूजिक एरेन्ज पुरुशोतम सुवेदीको रहेको छ ।

यो मार्मिक गीतको भिडियोमा चिरन्जिबी सापकोटा (जीबी चिरन) र गरिमा शर्माले अभिनय गरेका छन् । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा म्युजिक भिडियो निर्माण गरिएको छ ।

गीतको भिडियोलाई सिर्जन बराल (ऋषि) निर्देशन गरेका हुन् । अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवशरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरीसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिना ‘माया नमार्नु नि है’ जस्ता सफल गीत बजारमा पठाइसकेकी छन् ।

हेर्नुस् म्युजिक भिडियाे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर