अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु – Nepal Press

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

कैलाली । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ

दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुलसी राम अर्यालले जानकारी दिए।

जन्ती बोकेर फर्किने क्रममा दुर्घटना भएको उनले बताए । दुर्घटनामा १४ घाइते भएका छन् । १२ जनाको जिल्ला अस्पताल र २ जनालाई नेपालगञ्ज रेफर गरिएको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *