दोहोरो अंकले घट्यो नेप्से, महिला लघुवित्तको धेरै कारोबार

२०७८ असोज २४ गते १६:१२

काठमाडौं । नेप्से परिसूचक आज १८.५३ अंकले घट्दै २६६२.५८ विन्दुमा रोकिएको छ ।
आज ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेचमा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५१८ बराबरको कारोबार भयो । आज सर्वाधिक बिक्रीमा महिला लघुवित्त कम्पनीको १८ करोडको सेयर कारोबार भएको छ ।
आज महिला लघुवित्तको सेयर ९.३७ प्रतिशतले बढ्न पुगेको छ । फाइनान्स, जीवन बीमा र म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा आज रातो लागेको छ । आज सबैभन्दा उत्पादन समूहका लगानीकर्ताले बढी गुमाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर