रूपन्देहीका कांग्रेस नेता खरेलको निधन – Nepal Press

रूपन्देहीका कांग्रेस नेता खरेलको निधन

रूपन्देही । नेपाली कांग्रेसका नेता तथा यातायात व्यवसायी प्रेमनारायण खरेलको निधन भएको छ। रुपन्देहीको तिलोत्तमा निवासी खरेलको ५५ बर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि मुटु रोगको समस्याबाट ग्रसित खरेललाई केही दिनदेखि पित्तथैलीमा समेत समस्या देखिएपछि उपचार गरिएको थियो। दुई पटकसम्म मुटुको भल्भ फेरेका खरेलको भारतको दिल्लीमा पित्तथैलीको अप्रेशन भएपनि अप्रेशनपछि उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

गत बुधवार अपरेसन सफल भएको भएपनि बिहिवार सांझबाट खरेलको स्वास्थ्य झन बिग्रदै गएपछि अस्पतालमै निधन भएको पारिवारिक श्रोतले बताएको छ।

लामो समय नेपाली कांग्रेस रुपन्देहीको राजनीतिमा सक्रिय खरेल नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्ष, कांग्रेसको महासमिति सदस्य हुँदै केन्द्रीय यातायात विभागको सदस्य थिए।

तिलोत्तमाको ड्राइभरटोलमा रहेको बिकास सहकारीका अध्यक्ष खरेल, पश्चिम नेपाल बस व्यवसायी संघको सल्लाहकार, नयाँमिलस्थित जनसेवा क्लबको सल्लाहकारसमेत थिए।

स्वर्गीय खरेलका श्रीमती, एक छोरा र ४ छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर