प्रचण्डको चेतावनी : मविरुद्ध अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर फाल्दिन्छु (भिडिओ) – Nepal Press

प्रचण्डको चेतावनी : मविरुद्ध अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर फाल्दिन्छु (भिडिओ)

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्‍याएको बताएका छन् । उनले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनीसमेत दिएका छन् ।

शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि आएका प्रचण्डले भने–‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ ।’

प्रचण्डले भने– ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ । अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताएका थिए ।
प्रचण्डले भने –‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु ।’

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए । उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि पूर्जा वितरण गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरेका थिए । छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।


प्रतिक्रिया

4 thoughts on “प्रचण्डको चेतावनी : मविरुद्ध अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर फाल्दिन्छु (भिडिओ)

  1. नेपालीको मनबाट तिमी जानेछौ जनताको नेता केपी ओली जिन्दावाद ।

  2. परमादेशबाट बनेको देउवा नेतृत्वको मन्त्रिमण्डलले ८८औं दिनमा प्रधानन्यायधिशको प्रतिनिधित्वसहित पूर्णता पाएपछि प्रचण्डको शक्ति ह्वात्तै बढेर नै होला, ‘म विरुद्ध अझै चलखेल गरे केपी ओलीलाई राजनीतिबाटै बाहिर फाल्दिन्छु’ भन्दैछन्। भनिरहनु नपर्ला, ‘उचालेको कुकुरले मृग मार्दैन।’ चेतना भया!

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर