सांसद यादवलाई मन्त्री नबनाएको भन्दै जसपा कार्यकर्ता प्रदर्शनमा – Nepal Press

सांसद यादवलाई मन्त्री नबनाएको भन्दै जसपा कार्यकर्ता प्रदर्शनमा

जनकपुरधाम । सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) युवा वीरगञ्जमा अध्यक्ष उपेन्द्र यादवविरुद्ध उत्रिएका छन् ।

शुक्रवार साँझ पार्टीको झण्डा र अध्यक्ष यादवको पुत्ला जलाएका सांसद यादवका समर्थकले शनिबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । अध्यक्ष यादवविरुद्ध चर्को नारा लगाउँदै उनीहरुले यादवलाई ‘कालो नाग’को संज्ञासमेत दिए ।

प्रदीप पर्सा क्षेत्र नम्बर-१ बाट निर्वाचित संघीय सांसद हुन् । उनी मन्त्री बन्ने चर्चा थियो । तर, अध्यक्ष यादवले मन्त्री नबनाएर धोका दिएको भन्दै सांसद यादवका समर्थक आन्दोलित भएका हुन् । उनीहरुले अध्यक्ष यादवलाई पर्सामा आउन रोक लगाउने समेत चेतावनी दिए ।

मन्त्री चयनमा विभेद भएको टिप्पणी अध्यक्ष यादवकै छोरा अमरेन्द्र यादवले पनि गरेका छन् । उनले रेणु यादव र महेन्द्रराय यादवलाई लक्षित गर्दै भनेका छन्, ‘कोठे बैठकमा रमाउनेहरुलाई मन्त्री बनाइएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर